अर्थतन्त्र समाचार

सगरमाथा बहुमुखी सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा सम्पन्न

कञ्चनरुप, २४ मङ्सिर । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. १२ स्थित रुपनगरमा रहेको सगरमाथा बहुमुखी सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष राजन अधिकारीको अध्यक्षतामा सम्पन्न साधारण सभामा कञ्चनरुप नगरपालिकाकी उप–प्रमुख मुना कुमारी पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै उप–प्रमुख पोखरेलले सहकारी संस्थालाई दिगो बनाउन सदस्यहरु एकतावद्ध हुनुपर्ने बताउनुभयो । सदस्यहरुको एकताले नै संस्था अमर हुने उहाँको भनाई थियो । सहकारी संस्थामार्फत समुदायका सदस्यको आर्थिक श्रीबृद्धिमा ठूलो टेवा पुगेको बताउनु भयो। उहाँले सहकारी र सरकारी निकाय बीचको सहकार्यले समुदायका सदस्यको आर्थिक विकासमा टेवा पुग्ने भएकोले कञ्चनरुप नगरपालिका सहकारी संस्थासंग सहकार्य गर्न तयार रहेको बताउनुभयो। आर्थिक क्षेत्रको विकास लागि सहकारी संस्थाहरुको योगदान महत्वपुर्ण रहदै आएको वताउनुभयो ।

साधारणसभामा सहकारी संस्थाका अध्यक्ष अधिकारीले गत आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन तथा चालु आर्थिक वर्षको प्रस्तावित कार्यक्रम तथा रणनितिक योजना प्रस्तुत गर्नुभएको थियो ।
वि.स. २०५९ सालमा स्थापना भएको यस सहकारी संस्थाका हाल पुरुष २०० र महिला १२५ गरी कुल ३ सय २५ शेयरसदस्य रहेका छन् । संस्थाको सेयर पुँजी ९ लाख ८८ हजार २ सय रहेको संस्थाले जनाएको छ ।

साधारणसभामा गत आर्थिक वर्षको आयव्याय विवरण अनुमोदन गर्नुका साथै आर्थिक वर्ष २०७९/८० को प्रस्तावित कार्यक्रम सर्वसम्मतले पारित गरेको छ ।
साथै संस्थाको आ.व. २०७८/०७९ को ३ करोड ५५ लाख २५ हजार ७ सय ४५ रुपियाँ ७६ पैसा आय र ३ करोड ५५ लाख २५ हजार ७ सय ४५ रुपियाँ ७६ पैसाको बजेट प्रस्तुत गरिएको थियो ।
सो कार्यक्रममा कृषि शाखाका बेचन सडोक यादव , संस्थाका हेम अधिकारी , कार्यपालिका सदस्य गिता चौधरी लगायतका बक्ताहरुले शुभकामना मन्तब्य दिनुभएको थियो ।

रुपनगर, धरमपुर, घोघनपुर, कञ्चनरुप र ठेलियाका केही क्षेत्र यस सहकारीको कार्यक्षेत्र रहेको छ ।
संस्थाले आफ्नो लगानीमा रुपनगरमा मिनि मार्ट संचालन गर्दै आएको छ । साधारणसभामा संस्थाका शिक्षा उपशाखा संयोजक शम्भु घिमिरेले स्वागत तथा उमाकान्त पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page