बुधबार, १९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १९ कात्तिक २०८३
समाज

काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका ४ स्थित चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। उनीहरूको सनाखत नभएको प्रहरीले जनाएको छ।
मंगलबार साँझ ६ बजेतिर बनेपा नगरपालिका वडा ११ सल्लेबाट बेथानचोक ५ चल्टीमा ब्रतबन्धमा पुगेर फर्केको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो।
प्रहरी अनुसार १३ जनाको घटनास्थलमा र ४ जनाको अस्पतालमा मृत्यु भएको छ। घाइतेहरूको उपचार धुलिखेल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।
बसमा सवार कति थिए भन्ने यकिन भएको छैन । नेपाल प्रहरी र नेपाली सेनाको टोलीले उद्धार जारी राखेको छ ।

बेथानचोक दुर्घटनामा मृत्यु भई पहिचान भएका मृतकको नामावली :

१) बनेपा नगरपालिका–१४ का रामकुमार तामाङ

२) बनेपा नगरपालिका–११ की निर्मला तामाङ

३) बनेपा नगरपालिका–११ का योगेश तामाङ

४) बनेपा नगरपालिका–११ का आकुर तामाङ

५) बनेपा नगरपालिका–११ का आकुर तामाङकी श्रीमती हेमा तामाङ

६) बनेपा नगरपालिका–११ का पुष्कर तामाङ

७) बनेपा नगरपालिका–११ की कोपिला तामाङ,

८) बनेपा नगरपालिका–११की कोपिला तामाङकी ६ वर्षीया छोरी श्रेया तामाङ

९) मण्डनदेउपुर नगरपालिका–१ की जेली तामाङ

१०) ललितपुर महाँकाल गाउँपालिका घर भई हाल पनौती– ४ बस्ने बस चालक सन्तोष तिमल्सिना

११) धुलिखेल नगरपालिका–११ का बु्द्ध तामाङ

१२) बेथानचोक गाउँपालिका–५ की मञ्जु तामाङ

१३) बनेपा नगरपालिका–१४ की गीता श्रेष्ठ

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page