समाज

चोरी मुद्दाको फरार प्रतिबादि पक्राउ

बिराटनगर, पुस ०५ गते । प्रहरीले चोरी मुद्दाको १ जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका ९ का २९ वर्षीय मोहम्मद आलम मियाँ रहेका छन ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रहरी टोलीले फरार रहेका मियाँलाई गाउँघरमा नै लुकिछीपि बसेको अबस्थामा पक्राउ गरेको हो ।
चोरी मुद्दामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७९/०५/०५ गतेको सजाय निर्धारण फैसला आदेशले १७ दिन कैद र १० हजार रुपैया जरिवान बेरुजु रहि फरार रहेका मियाँलाई सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गरेकोमा कैद भुक्तानको लागि मोरङ कारागार पठाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page