समाज

सप्तरीको रुपनीमा टिपरको ठक्करबाट विद्यालय गइरहेकी बालिकाको मृत्यु

सप्तरी, ५ पुस । सप्तरीको रुपनीमा टिपरको ठक्करबाट विद्यालय गइरहेकी बालिकाको मृत्यु भएको छ।
मंगलबार बिहान सप्तरीको रुपनी गाउँपालिका– १ मा ना १ क ८५४२ नम्बरको टिपरले सोही स्थानका शंकर यादवकी १२ वर्षीया छोरी रिताकुमारी यादवलाई ठक्कर दिएको थियो।

साइकलमा विद्यालय जाने क्रममा ट्रिपरले ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको हो । आक्रोशित आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका छन्। बालिकाको मृत्यु भए पश्चात् विद्यालयका विद्यार्थी लगायत स्थानियले टायर बालेर राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका छ्न । राजमार्ग अवरुद्ध भएपछि अवस्था तनावग्रस्त बनेको थियो। प्रदर्शनमा उत्रिएको आक्रोसित भिडले इलाका प्रहरी कार्यालय रुपनीमा ढुङ्गा मुढा सहित तोडफोड गरेको छ।

चक्काजाम सहित प्रदर्शन बढेपछि प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड अश्रुग्यास र १० राउण्ड हवाई फायर गरेको थियो।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page