काठमाडौं । करण राई ‘द भ्वाइस अफ नेपाल’ चौथो सिजनका विजेता बनेका छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा उनी विजेता बनेका हुन ।
करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् ।
टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने । दर्शककाे भोटको आधारमा विजेता घोषित गरिएको जनाइएको छ ।
विजेता बनेका करणले नगद २५ लाखसहित पल्सर एन१६० मोटरसाइकल, साढे दुई तोला सुनकाे सिक्री, ग्यालेक्सी जेड फोल्ड फाेन पुरस्कार प्राप्त गरे ।
जित हासिल गरेपछि करणले सांगीतिक करिअरलाई निरन्तरता दिने अझै मिहिनेत गर्ने बताए ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2022/12/FB_IMG_16718474059406797.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2022/12/FB_IMG_16718474059406797.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2022/12/FB_IMG_16718473819602739.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2022/12/FB_IMG_16718473819602739.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment