राजनीति

गृहमन्त्री लामिछानेको पहिलो निर्णय:निर्मला पन्तकाे न्यायका लागि अधिकतम पहल गर्छु

काठमाडौं । नवनियुक्‍त गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेका छन्। गृहमन्त्रालयमा पदभार ग्रहण गर्दै उनले बलात्कारपछि हत्या भएकी निर्मला पन्तको न्यायका लागि पहल गर्ने निर्णय गरेका छन्।
उनले पदभारपछि पहिलो निर्णयका रुपमा बलत्कारपछि हत्या भएकी निर्मला पन्तको हत्या अनुसन्धान गर्ने पहिलो निर्णय गरेका हुन्। उनले पन्तलाई न्याय दिने पहलसम्बन्धी विषयमा पहिलो फाइल तयार गर्न गृहसचिव विनोद सिंहलाई निर्देशन समेत दिए ।
पदभारपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो नागरिकताबारे भइरहेको अनुसन्धानमा सहयोग गर्ने समेत बताएका छन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्त २०७५ साउन ११ गते उखुबारीमा मृत भेटिएकी थिइन् । चार वर्षदेखि यस प्रकरणमा अनुसन्धान भइरहे पनि केही प्रगति हुन सकेको छैन ।
उनले सबैभन्दा बढी काम गर्नुपर्ने ठाउँ गृह मन्त्रालय भएको बताउँदै आफूलाई यही मन्त्रालय रोजेको प्रतिक्रिया दिए । मन्त्री लामिछानेले गृह मन्त्रालयका बारेमा जनगुनासो बढी आउने गरेकाले पनि आफूले उक्त मन्त्रालय रोजेको बताएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page