अर्थतन्त्र कृषि

किसानहरुको समग्र आर्थिक उत्थान र अर्गानिक खेतीको लागी कार्य गर्ने :नगर प्रमुख गिता चौधरी

सुरुङ्गा (सप्तरी), १२ पुस । सप्तरीको सुरुङ्गा नगरपालिकाकी नगर प्रमुख गिता चौधरीले नगर भित्रका किसानहरुको समग्र आर्थिक उत्थानको साथै अगामी दिनमा अर्गानिक खेतीको लागि पुर्ण रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
मंगलवार सुरुङ्गा नगरपालिकामा श्री माँ मैना देवी कृषी सहकारी संस्थाको तेश्रो बार्षिक साधारण सभाको प्रमुख अतिथिको रुपमा कार्यक्रमको उदघाटन गर्दै उहाँले सो प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।
नगर प्रमुख चौधरीले अगामी ५ वर्ष भित्रमा नगरलाई एक समृद्ध नगरको रुपमा विकसित बनाउनका लागि सबै पक्षले आ आफनो ठाउँबाट अहम भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले नगरका किसानहरुको आर्थिक समृद्धिका लागि आगामी दिनमा आर्गानिक खेतीको लागि पूर्व रुपमा काम गर्ने बताउनु भयो ।

कार्यक्रममा सुरुङ्गा नगरपालिका वडा नं.३ का वडा अध्यक्ष किरण पोखरेलले वडाबाट सहकारीको भवन निर्माणको लागि आवश्यक बजेट विनियोजन गरि सकेको जानकारी गराउनुहुँदै अथासक्य चाँडो भन्दा चाँडो वडाका किसानहरुको लागि यस सहकारी सँग समन्वय गरी अर्गानिक खेतीको लागि आवश्यक कार्यक्रम संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा अर्गानिक खेतीका अभियनता तथा कृषक सुदर्शन चौधरीले अर्गानिक खेतीका फाईदा तथा अर्गानिक खेती मार्फत आर्थिक सुदृढिकरण कसरी सम्भव छ भन्ने बिषयमा अनुभव शेयर गर्नुभएको थियो । उहाँले अर्गानिक खेती कसरी सबै पक्षका लागि हितकर छ भन्ने बिषयमा समेत अवगत गराउनु भयो ।
कार्यक्रम सहकारी संस्थाका अध्यक्ष ईन्द्र नारायण चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य गायत्री कुमारी चौधरीे तथा कार्यक्रमको संचालन अर्जुन प्रसाद चौधरीले गर्नु भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page