समाचार समाज

मोटरसाइकल चोरी गरेको आरोपमा तिलाठी कोईलाडीबाट दुई जना पक्राउ

राजविराज, २५ पुस । सप्तरी प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महादेवा गाउँपालिका वडा नम्बर–१ का २० वर्षीय दुर्गेश सरदार र राजबिराज नगरपालिका वडा नम्बर १० का ४० वर्षीय शम्भु यादव रहेका छन् ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ बाट उनीहरुलाई मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । चोरी भएको मोटरसाईकल खोजतलास गर्दै जाने क्रममा तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर १ स्थितबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
गत पुस २३ गते साँझ ५ बजेको समयमा तिलाठी कोईलाडी -१ का ४२ वर्षीय मो. हरुनको प्र २–०१–००३ प. ०१२६ नम्बरको मोटरसाईकल तिलाठी कोईलाडी -७ कुनौली भन्सार कार्यालयको अगाडि पार्किङ गरी राखेको अवस्थमा चोरी भएको थियो ।
पक्राउ परेका यादव र सरदारलाई चोरी शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page