बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
शिक्षा

शितलहर बढेसंगै सप्तकोसीका सम्पूर्ण विद्यालयहरु ४ दिनको लागि बन्द

शिव प्रसाद आचार्य –
फत्तेपुर । तराईमा बाक्लो हुस्सु संगै शितलहर बढेसँगै सप्तरीको सप्तकोसी नगरपालिकाले नगरभित्रका सम्पुर्ण बिधालयहरु ४ दिनको लागि बिदा दिएको छ ।
नगरपालिकाले मंगलवार एक सूचना जारी गर्दै केहि दिन यता सप्तरीमा बाक्लो हुस्सु सहित सितलहर बढेकाले सप्तकोसी नगरपालिका भित्रका बिधालयहरुलाई मंगलबार देखि लागू हुने गरि ४ दिनका लागि बिदा दिइएको जनाएको छ।
सप्तकोसी नगरपालिकाले मंगलबार नगर भित्रका सामुदायिक तथा सस्थागत बिधालयका प्रधानाध्यापक तथा प्रीन्सिपलहरुको संयुक्त बैठक राख्दै प्रमुख प्रसाशकिय अधिकृत रामदेब चौधरीले गर्मि बिदा संग कटौती हुने गरी चार दिनको लागि बिदा लागू गर्न सबै बिधालयका प्रअ तथा प्रीन्सिपललाई आग्रह गर्नु भयो ।
नगर भित्रका केही संस्थागत विधालयमा परीक्षा चलिरहेता पनि परीक्षा सहित स्थगित गरि बिधालय बन्द गरि दिन आग्रह गर्दै प्रसाशकिय अधिकृत चौधरीले आग्रह गर्नुभएको छ ।
सूचनामा भनिएको छ हाललाई बिधालयमा बिद्यार्थीको उपस्थिति नगर्न नगराउन तथा शिक्षकहरुले कार्यालयमा आइ अन्यकामकाज गर्न गराउन हुन अनुरोध छ ।
सप्तकोसी नगरपालिका भित्र १२ वटा सामुदायिक र ११ वटा संस्थागत विद्यालय रहेका छ्न् । नगरपालिकाले यस अघि पनि पुस पहिलो साता जाडो बिदा दिइसकेको छ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page