राष्ट्रिय समाचार

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
यससँगै सन्दीपलाई पुर्पक्षका लागि धरौटी लिई तारिखमा छाडेको छ ।
नाबालिग भन्दै आएकी जाहरेवाला पनि हालै प्राप्त प्रमाणको आधारले बालिग पुष्टि हुने देखिएको बहसमा उल्लेख गरिएको थियो । साथै इजलासलाई सन्दीपको मानसिक अवस्था बिग्रिँदै गएको जानकारी दिएका थिए ।
एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page