स्वास्थ्य

निःशुल्क आँखा शिविरमा १ हजार बढीको आँखा जाँच, ६५२ जनाको मोतियाविन्दुको निःशुल्क अप्रेशन

कञ्चनरुप, २९ पुष । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ रुपनगर स्थित कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रमा भएको तीन दिने आँखा शिविरबाट एक हजा पाँच सय बढीले आँखाको जाँच गराएका छन्।
कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र (एसियन आमा नेपाल) कञ्चनरूप–१२ रुपनगर सप्तरी, कञ्चनरुप नगरपालिका र तिलगंगा नेत्र प्रतिष्ठान काठमाण्डौँको आयोजनामा ३ दिने निशुल्क आँखा शिविर भएको हो ।
सो शिविरमा १ हजार ७ सय २४ जनाले आँखाको उपचार गर्न नाम दर्ता गराएपनि १ हजार ५ सय ३५ जनाको आँखाका विरामीहरुको आँखा जाँच गर्दा ६ सय ५२ जनाको शल्यक्रियाद्वारा मोतिविन्दुको अप्रेशन गरी विरामीहरूको उपचार गरिएको र १३ जनाको टेरिजियम (आँखामा मासु पलाएको) उपचार गरिएको शिवीरका संयोजक दक्षनारायण श्रेष्ठले जानकारी गराउनु भयो ।

२०७४ साल देखि हालसम्म लगातार रूपमा बर्षेनी रुपनगरमा आँखा शिविर संचालन हुदै आएको र २०७४ साल देखी २०७९ सालसम्म ३ हजार ३ सय ८९ जना आँखाका विरामीहरुको मोतीविन्दुको शल्यक्रियाद्वारा उपचार गरिएको र ४३ जनाको टेजियम (आँखामा मासु पलाको) उपचार गरिएको उपचार केन्द्रले जनाएको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख ललन प्रसाद गुप्ताले तिलगंगाको टोलीलाई धन्यवाद दिँदै स्वास्थ्य क्षेत्रमा पहुँच नभएका नागरिकहरुको निशुल्क रुपमा उपचार हुनु ठूलो उपलब्धी भएको बताउनु भयो । उहाँले चाँडै तिलगंगा नेत्र प्रतिष्ठानको शाखा राखी यस भेगका जनतालाई सुविधा दिने प्रतिवद्धता समेत जनाउनुभयो ।

तिलगंगा क्षेत्र प्रतिष्ठानका टिम कोआर्डिनेटर नामखेन लामाले आँखा नदेख्ने मानिसलाई आँखा देख्ने बनाउनु नै हाम्रो लागी ठूलो धर्म रहेको बताउँदै कुरालाई भन्दा काममा विशेष ध्यान दिनु पर्ने बताउनुभयो । आँखा शरीरको महत्वपूर्ण अंग भएकोले यसको नियमित चेकजाँच र उपचार आवश्यक रहेको उहाँको भनाई छ।
७ नम्बर वडाको वडा अध्यक्ष रामानन्द चौधरी, शिविर संयोजक दक्ष नारायण श्रेष्ठ लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सोमवारबाट सुरु भएको तीन दिने शिविरमा मोतीबिन्दु, मासु पलाएकोलगायत रोगको निःशुल्क शल्यक्रियालगायत आँखासम्बन्धि सम्पूर्ण उपचारहरु निःशुल्क प्रदान गरिएको थियो। शिविरमा जिल्लाका विभिन्न पालिकाबाट तथा छिमेकमी जिल्लाहरुबाट समेत आँखाको जाँच गराउन आएका सेवाग्राहीको भीड लागेको थियो।
तिलगंगाबाट डा. गोविन्द पौडेलको नेतृत्वभा २६ जना बरिष्ठ चिकित्सकहरु आई उपचारमा सेवा प्रदान गरेको उपचार उपचार केन्द्रले जनाएको छ । सोही अवसरमा तिलगंगाको टिमलाई गम्छा तथा माला लगाएर सम्मान गरी बिधाई समेत गरिएको थियो ।
उपचार केन्द्रका संचालक समितिका कार्यवाहक अध्यक्ष देवनारायण श्रेष्ठको अध्यक्षतामा शिविरको समापन भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page