स्वास्थ्य

कृति स्वास्थ उपचार केन्द्रमा अप्रेसनसहितको तीन दिने निःशुल्क आँखा शिविर उदघाटन

कञ्चनरुप, पुष २५ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताले समाज विकासमा सकरात्मक सोंचले मात्र सम्भव रहेको बताएका छन् । सोमवार कृति सामुदायिक स्वास्थ्य केन्द्र रुपनगरद्वारा आयोजित तीन दिने निःशुल्क आँखा शिविरको उदघाटन समारोहमा यस्तो बताएका हुन् ।
विकासमा सबैको आवश्यकता अपरिहार्य ठान्दै मुल्य मान्यतामा सकरात्मक सोंच हुनुपर्छ, शिक्षा, स्वास्थ्य, कृषि एवं भौतिक क्षेत्र कुनैमा पनि विकासका लागि सबैले एकैरुपले सोच्नु आवश्यक ठान्दछु नगरप्रमुख गुप्ताले बताए ।

काम गर्ने क्रममा कहिले कहिँ सामान्य त्रुटी तथा भुलचुक हुनसक्छ यसमा सडक, बाटो, बजार वा सार्वजनिक स्थानमा अनावश्यक ढंगले बोल्नुभन्दा मलाई प्रत्यक्ष भेटेर भन्दा हुन्छ म समाज भन्दा बाहिर छुइन उनले भने हामीहरु सबै मिलेर आफ्नो नगरको विकास गर्नुछ मिलेर काम गरौं । शिविर संचालनमा ल्याउने थाहा पाएलगत्तै नगरपालिकाको तर्फबाट सेवाग्राहीलाई सजिलो वातावरण दिन स्वास्थ्य केन्द्रको अगाडि माटो हुरबेर र मिलाउने तथा सरसफाईका लागि दुइ लाख ५० हजार रुपैयाँ खर्चेको गुप्ताले जानकारी दिए ।

पूर्व कायपालिकाको योजनानुसार यस केन्द्रको मातहातमा तिलगंगा आँखा प्रतिष्ठानको शाखा स्थापना गर्ने अधुरो कार्यलाई सन २०२३ भित्रै संचालनमा ल्याउन उनले भने प्रतिष्ठानसंग आफुले सम्झौता गरिसकेको छु ।
यस्तै नगर उपप्रमुख मुना पोखरेलले स्वास्थ्य केन्द्रले पाँच बर्ष देखि निरन्तररुपमा आँखा शिविर संचालनमा ल्याएर सयौं आँखारोगीहरुलाई सेवा प्रदान गराएकोमा केन्द्रलाई धन्यवाद दिइन् । मुनाफा भन्दा सामाजिक सेवाका लागि तिलगंगा आँखा प्रतिष्ठानका डाक्टरहरुको सहयोगमा निःशुल्क आँखा उपचार गराउन लागि परेका केन्द्रलाई नगरपालिकाले सहयोग गरिने बताइन् । उनले आँखा शल्यक्रिया गरेका विरामीहरुलाई नीजि खर्चमा जाउलो र चटनी ख्वाउने मञ्चबाटै आयोजक समितिलाई जानकारी गराइन् ।

आयोजित समारोहमा कञ्चनरुपका निःवर्तमान नगरप्रमुख बसन्त कुमार मिश्रले शिविर संचालनमा आफ्नो गरिमामय योगदान रहेको दावी गरे । आफु नगरप्रमुख भए देखि नै निरन्तररुपमा यस केन्द्रले शिविर संचालन गर्दै आएको हो । २०७४ सालदेखि २०७६ सालसम्म निरन्तर शिविर भयो ०७७ सालमा कोभिड १९ का कारण हुन सकेन ०७८ देखि पूनः शिविर जारी छ उनले भने शिविर संचालन गर्न आफ्नो कार्यकालमा योगदान दिइएको छु ।
आँखाको ज्योति गुमेका बृद्घ, बृद्घाहरुले समेतले आँखा देख्न सक्ने यस अविस्मरणिय कार्य पनि एक प्रकारको विकास नै भन्न मिल्ने बताउदै भावी दिनमा तिलगंगा काठमाण्डौबाट शिविरका लागि डाक्टरहरु झिकाउनु पर्ने समस्यालाई अन्त्य गर्न यहि सो अस्पतालका शाखा निर्माण गर्ने मिश्रले जोड दिए ।

एशियन आमा नेपालकी अध्यक्ष कुन्नम पोखरेलले यो संस्था निर्माण गर्न आफ्नो भूमिका सकिएर अब स्थानिय समुदायको काँधमा आएको बताइन् । २०५९ सालमा स्थापना भएको यस केन्द्रले दोस्रो सताब्दी पार गर्दै गरेको घडिसम्म सफलता हासिल गरेको एशियन आमा नेपालको आँकडा रहेको जानकारी दिइन् । पूर्व डिआइजी डा।प्रेम लाल श्रेष्ठले यस क्षेत्रको विकासमा आफुले भ्याएजति योगदान दिने विश्वास दिलाए । उनले आगामी दिनमा मुटु रोगी हरुका लागि पनि यस्तै निःशुल्क शिविर संचालन गरी उपचार गरिने जानकारी गराएका छन् ।

यस क्षेत्रको अवस्था हेर्दा यहाँ सेवाले स्थायित्व खोजेको बुझिएको छ, त्यसैले स्थायित्वका लागि तपाइहरु जुटनुस् म सहयोग पुर्याउछु शिविरमा सहभागि डाक्टर तथा कर्मचारी समूहका कोअर्डिनेटर नामखेन लामाले उदघोष गरे । उनले यहि सन् २०२३ बाटै यस केन्द्रको मातहातमा आँखा अस्पतालले शाखाको रुपमा काठमाण्डौबाट दिदै आएको सेवा पुर्याउने विश्वस्त दिलाउने ।
समारोहमा संस्थापक डा. रोहित कुमार पोखरेल, तिलगंगा आँखा अस्पताल प्रतिष्ठान काठमाडौका डाक्टरहरु, समाजसेवी, बुद्घिजिवि, स्थानिय स्वास्थ्यकर्मी एवं डाक्टरहरुको सहभगिता रहेको थियो ।

२०७४ मा एकहजार चारसय ९४ जना आँखा सेवा संख्या रहेका मध्ये चासय ९४ जनाको आँखा शैल्यक्रिया भएको थियो भने ६ जनाको टेरिजियम सेवा प्रदान गरिएको थियो । २०७५ मा तीनहजार एकसय २४ जना सेवा संख्या मध्ये हजार १८ जनाको शैल्याक्रिया, ११ जनाको टेरिजियम र एकसय ८५जनाको छालाको सेवा गरिएको थियो । यस्तै ०७६ मा दुईहजार आठसय ७१ ज्ना सेवाग्राही थिए जसमा ६ सयको शैल्याक्रिया र सातजनाको टेरिजियम गरिएको थियो । ०७८मा एकहजार चारसय ८१ जनाको सेवा मध्ये पाँचसय २५ जनाको शैल्याक्रिया र ६ जनाको टेरिजियम सेवा प्रदान गराइएको छ ।
यस बर्ष सात सय जनाको शल्यक्रिया र १० जनाको टेरिजियम सेवा दिइने आयोजक समितिले जानकारी दिइएका छन् ।
कार्यक्रम सञ्चारकर्मी उत्तम प्रसाद आचार्यले संचालन गरेका थिए भने शिविर संयोजक दक्ष नारायण श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । केन्द्रका कार्यवाहक अध्यक्ष देब नारायण श्रेष्ठको अध्यक्षतामा समारोह सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page