बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
कोशी प्रदेश

खुकुरी प्रहार गरी छिमेकीको हत्या गर्ने हर्क बहादुर पक्राउ

सुनसरी, माघ ६ गते । धरान उपमहानगरपालिका ५ स्थितबाट खुकुरी प्रहार गरी हत्यामा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान ५ का ३५ वर्षीय बिकास भनिने हर्क बहादुर राई रहेका छन ।
बिहीबार बिहान राईले छिमेकी ४९ वर्षीय कुमार बुडाथोकीलाई सामान्य बिवादका कारण खुकुरी प्रहार गर्दा बुढाथोकीको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । राईले स्थानिय ३५ वर्षीया गोमा खडकालाई समेत खुकुरी प्रहार गरी घाईते बनाएका छन् । घाईते गोमा खडकाको धरान घोपामा उपचार भईरहेको छ ।
इलाका प्रहरी कार्यालय धरानले खुकुरी प्रहार गरी छिमेकीको हत्या गर्ने राईलाई पक्राउ गरी थप अनुसन्धान गरीरहेको जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page