बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
कोशी प्रदेश

बुधबारेबाट लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ

झापा, ९ माघ । जिल्ला प्रहरी कार्यालय झापाले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अटो चालक २४ वर्षीय अजय तामाङ, अटोमा सवार १९ वर्षीय संदेश राई र २० वर्षीय सन्तोष राजबंशी रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ झापाको बुद्धशान्ति गाउँपालिका ३ बुधबारे बजार स्थितबाट चारआलीबाट बुधबारे तर्फ आउँदै गरेको प्रदेश १–०१–००२ ह ३५६ नम्बरको अटोमा लुकाईछिपाई ल्याउदै गरेको ५ ग्राम ११० मिलिग्राम ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको ईलाका प्रहरी कार्यालय धुलबारे झापाबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page