बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

राजविराज जेसीजद्वारा जेसीज सप्ताह अन्तर्गत पाँचौँ दिन रक्तदान

राजविराज, १ फागुन । राजविराज जेसीजले जेसीज सप्ताह अन्तर्गत पाँचौँ दिन रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
राजविराज जेसीजको आयोजनामा जेसीज सप्ताह २०२३ अन्तर्गत सोमबार पाँचौँ दिन गजेन्द्र नारायण सिंह अस्पताल राजविराज परिसर भित्र रहेको रक्त सञ्चार केन्द्रमा रक्तदान कार्यक्रम गरेको हो ।
नयाँ रक्तदातामा थप हौसला प्रदान गरी रक्तदान गर्ने तर्फ अग्रसर बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जेसीजले जनाएको छ ।

राजविराज जेसीज वर्ष २०२३ का अध्यक्ष उज्ज्वल काबराको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष काबरा, महासचिव रबी राय, उपाध्यक्षद्वय रिया राय सञ्चेति, होमेस काबराले रक्तदान गर्नुभयो ।
जेसीज सप्ताह कार्यक्रममा राजबिराज जेसीज वर्ष २०२० का अध्यक्ष जेसी नानीमैया कटवाल र कार्यकारिणी समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page