समाचार समाज

रुपनी गाउँपालिकाद्वारा अग्निपिडित परिवारलाई राहत वितरण

बृजमान तामाङ /
चाँदानी बजार , १ फागुन । सप्तरीको रुपनी गाउँपालिकाद्वारा सोमबार वडा नम्बर १ का अग्निपिडित परिवारलाई राहात वितरण गरेको छ ।
रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवको नेतृत्वमा पुगेको टोलिले अग्निपिडित परिवारलाई खाद्यान्न, लत्ताकपडा लगायतका राहत सामाग्री प्रदान गरेको हो ।
अध्यक्ष यादवले अग्निपिडित अनिल नारायण यादव, रामविलास यादव, मजालाल यादव र तेजनारायण यादवको परिवारलाई ब्ल्याककेट , त्रिपाल,चामल २५ किलो, भुजा ३ किलो, दाल ३ किलो, खानेतेल १ लिटर नुन १ किलोको दरले वितरण गरे ।
राहत वितरण कार्यक्रममा उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगी, वडा नम्बर ५ का वडा अध्यक्ष गंगाराम यादव, कार्यपालिका सदस्य मुकेश कर्ण, रुपनी १ का पुर्व अध्यक्ष पिताम्बर यादव लगायतका विभिन्न पार्टीका स्थानीय नेताहरुको उपस्थिति रहेको थियो ।
अनिल नारायण यादवको घरबाट आइतबार मध्यरातमा सल्केको आगोले उनीहरुको ४ घर पुर्ण रुपले जलेर नष्ट भएको थियो भने आगलागी नियन्त्रणको क्रममा स्थानीय गंगाराम यादव र नागेन्द्र यादवको घर पनि क्षतिग्रस्त भएका थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page