बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

भरुवा बन्दुकसहित कञ्चनरुप–१२ का ४ जना पक्राउ

कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिका–७ लालभित्ती डाँडा पौडा खोलाबाट भरुवा बन्दुकसहित चार जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय कञ्चनपुर र प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरी टोलीले कञ्चनरुप नगरपालिका वडा नम्बर १२ बस्तीपुर बस्ने ३६ बर्षीय प्रकाश कुमार श्रेष्ठ लगायत ४ जनालाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट भरुवा बन्दुक १ थान, बलबाईरिङ १ पोका, टुकली पटका १ पोका, बारुद १ बोतल र चम्चा १ थान सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई उक्त हातहतियार सहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page