बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
कोशी प्रदेश

बिराटनगरबाट बहु बिबाह मुद्धाका फरार प्रतिबादी पक्राउ

बिराटनगर, फागुन ५ गते । बहुबिबाह मुद्धाका एक जना फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका ६ का ३५ वर्षीय राजेश कामत रहेका छन ।
प्रदेश नम्बर १ प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले बहु बिबाह मुद्धाका फरार रहेका कामतलाई गाँउघरमा नै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
बहु बिबाह मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७८–०८–२९ गतेको सजाय निर्धारण फैसला आदेशले ७ महिना १७ दिन कैद र १० हजार रुपैया जरिवाना तोकेको थियो ।
पक्राउ परेका कामतलाई सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गरे पश्चात कैद भुक्तानको लागि मोरङ कारागार पठाइएको जनाइएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page