बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

प्रजातन्त्र दिवसको अवसरमा नेवि संघ र तरुण दलद्वारा रक्तदान

राजविराज, ७ फागुन । ७३ औं प्रजातन्त्र दिवसको अवसरमा नेपाली काँग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलले संयुक्त रुपमा आज आइतबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा ४५ जना व्यक्तिले रक्तदान गरेका छन् ।
विभिन्न असमायीक घट्नामा रक्त अभावका कारण ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले प्रजातन्त्र दिवसको अवसरमा गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल प्राङ्गणभित्र रक्तदान कार्यक्रम आयोजना गरिएको नेविसंघ सप्तरी जिल्ला अध्यक्ष राकेश ठाकुरले बताउनु भयो ।
कार्यक्रममा तरुण दल जिल्ला अध्यक्ष अर्जुन यादव, नेपाली कांग्रेस जिल्ला सदस्य शम्भु लाल देव ,ललिता कर्ण, सिम रजक लगायतको उपस्थिति रहेको थियो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page