राजविराज, ७ फागुन । सप्तरीको राजविराज नगरपालिकामा खाना पकाउने क्रममा आइतबार एक २५ वर्षिय महिला जलेर घाइते भएकी छन् ।
जलेर घाइते हुनेमा राजविराज–१३ भेल्ही पिपराहीकी जितेन्द्र यादवको श्रीमती द्रोपती देवी यादव रहेकी छन्।
आफ्नै घरमा माटोको चुलोमा खाना पकाउने क्रममा साडीमा आगो सल्की ढाड भन्दा मुनि पछाडीको भाग जलेर घाईते भएकी जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घाईते महिलालाई उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज पठाइएको प्रहरीले जनाएको छ ।
राजविराजमा खाना पकाउने क्रममा साडीमा आगो सल्की एक २५ वर्षिय महिला घाइते












Add Comment