कोशी प्रदेश समाचार समाज

मोटरसाईकल चोरीमा संलग्न तीन जना पक्राउ

सुनसरी, फाल्गुन १४ गते । सुनसरी प्रहरीले बराहक्षेत्र नगरपालिका ३ स्थितबाट मोटरसाईकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बराहक्षेत्र १ का ३४ वर्षीय सजन श्रेष्ठ, धरान ४ का २८ वर्षीय विश्वराज राई र धरान १३ का २३ वर्षीय रतिस श्रेष्ठ रहेका छन् ।
अस्थायी प्रहरी चौकी नहडाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा चोरी भएको प्रदेश १–०२–०४०प २८१८ नम्बरको मोटरसाईकलको नम्वर प्लेटलाई को ३८ प ८०६५ लेखि चलाई रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । गत माघ ६ गते धरान ११ का सुरज तामाङको घरमा पार्किङ गरी राखेको अवस्थामा मोटरसाइकल चोरी भएको थियो ।
पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page