समाचार समाज

बिराटनगरबाट चोरी मुद्धाका फरार प्रतिबादी पक्राउ

बिराटनगर, फागुन १४ गते । चोरी मुद्धाका एक जना फरार प्रतिबादिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका २ का १८ वर्षीय सन्तोष राय रहेका छन ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले रायलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
चोरी मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७९–०१–०९ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना ५ दिन कैद र नगद २ हजार रुपैया जरिवाना बेरुजु रही फरार रहेका थिए ।
पक्राउ परेका रायलाई सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गरिएकोमा कैद भुक्तानको लागि मोरङ कारागार पठाईएको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page