मधेस प्रदेश समाचार

सामुदायिक विद्यालय व्यवस्थापन समिति मधेश प्रदेश अध्यक्षमा दुर्गानन्द ठाकुर

सप्तरी, २० फागुन । सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम मधेश प्रदेश सम्मेलनले सप्तरीका दुर्गानन्द ठाकुरलाई अध्यक्षमा निर्वाचित गरेको छ ।
ठाकुरको अध्यक्षतामा नवनिर्वाचित समितिको उपाध्यक्षमा सर्लाहीका महेश यादव, सचिवमा धनुषाका रामपुकार यादव र कोषाध्यक्षमा पर्साकी चन्द्रकली देवी मलाह रहनु भएको छ ।
सदस्यहरुमा सप्तरीकी अनिता कुमारी साहसहित २१ सदस्यीय समिति गठन भएको छ । अन्य सदस्यहरुमा तबारक दर्जी, अशोक कुमार मिश्र, रामचन्द्र महतो, मेनुका पोखरेल, दिपेन्द्र प्रसाद पौडेल, रामायण चौधरी, बन्धु साह तेली, कल्पना गजमेर, सुदिप महतो, रन्जु कुमारी मण्डल, दिनेश कुमार यादव, ललिता देवी मण्डल, सियाशरण यादव, अरुण कुमार यादव, दिपेन्द्र कुशवाह निर्वाचित हुनुभएको छ ।
सम्मेलनले १२ बुँदे मधेस घोषणापत्र २०७९ समेत जारी गरेको छ । नवनिर्वाचित अध्यक्ष ठाकुरले जारी घोषणापत्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले राम्रो बिद्यालय, राम्रो शिक्षा र राम्रो सिकाइका लागी शिक्षामा सबैको पहुँच, गुणस्तर र शैक्षिक सुशासन स्थापित गर्ने तर्फ बिद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु केन्द्रित हुने बताउनु भयो ।
सामुदायिक विद्यालयका व्यवस्थापन समिति महासंघ नेपाल प्रदेश कार्यसमिति मधेश प्रदेशको आयोजनामा भएको प्रथम सम्मेलन तथा र क्षमता विकास कार्यक्रमको संयोजन शिक्षा विकास निर्देशनालय मधेश प्रदेश, जनकपुरले तथा सहयोग प्लान इन्टरनेसनल, सेभ द चिल्ड्रेन, आसमान नेपाल, भिएसओ, पिपुल इन नीड, गल्र्स एजुकेशन चयालेञ्ज, यूकेआईडी, गुड नेइबरले गरेको थियो ।
कार्यक्रममा मधेश प्रदेशका आठ ओटा जिल्लाका हरेक पालिकाका दुई विद्यालयबाट महिला र पुरुष गरी दुई जनालाई सहभागी गराइएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page