बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

सूचना नदिने कञ्चनरुपकी प्रमुख प्रशासकिय अधिकृत रेणुका साहलाई १५ हजार जरिवाना

कञ्चनरुप । राष्ट्रिय सूचना आयोगले सूचना उपलब्ध नगराउने सप्तरीको कञ्चनरुप नगरपालिकाकी प्रमुख प्रशासकिय अधिकृत रेणुका साहलाई १५ हजार जरिवाना गरेको छ ।
राष्ट्रिय सूचना आयोगले प्रमुख प्रशासकीय अधिकृत रेणुका साहलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम १५ हजार रुपैयाँ जरिवाना गराएको हो।
सप्तकोशी नगरपालिका नम्बर ११ निवासी पत्रकार कैलाश माझीले कञ्चनरुप नगरपालिकाको कार्यालयसँग सूचना माग गरेका थिए । तर पटक–पटक लिखित जवाफ माग गर्दा तथा सूचना उपलब्ध गराउन आदेश हुँदा पनि सूचना मागकर्ताबाट माग भएको सूचना उपलब्ध नगराएको आयोगले ठहर गरेकोप्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साहलाई विभागीय कारबाही गरी र पुनरावेदकलाई सूचना उपलब्ध गराई दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखेर पठाउन समेत भनेको छ । यस निर्णय चित्त नबुझेमा साहले ३५ दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न पाउनेछिन् ।
आयोगको आदेश पश्चात पनि सम्बन्धीत व्यक्तिलाई सूचना उपलब्ध नगराएमा दफाको ३२(२) अनुसार प्रतिदिन दुई सय दर थप जरिवना हुने कानुनी ब्यवस्था गरिएको छ ।
आयोगले सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ६(७) बमोजिम आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२(१) बमोजिम गरेको जरिवाना असुल उपर गरी आयोगलाई जानकारी दिनु भनेर जिल्ला प्रशासन कार्यालय, सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई आदेश दिएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page