जनकपुर । मधेश प्रदेश सरकारले आईसीसी क्रिकेट विश्वकप -२ एक दिवसीय प्रतियोगितामा नेपालको तर्फबाट उत्कृष्ट खेलेका राष्ट्रिय टिमका खेलाडी दुई खेलाडीलाई आर्थिक सहयोग गर्ने भएको छ ।
मधेशका मुख्यमन्त्री सरोज यादवले शानदार जित हासिल गरेकोमा नेपाली टोलीलाई बधाई दिँदै खेलाडीद्वय गुल्सन झा र आरिफ शेखलाई आर्थिक सहयोग गर्ने बताएका हुन् ।
खेलाडी झा र आरिफलाई जनही २ लाखका दरले आर्थिक सहयोग गर्ने मुख्यमन्त्री यादवले घोषणा गरेका छन् ।
मधेश प्रदेशमा गृह घर भएका उनीहरुलाई प्रोत्साहन स्वरुप २-२ लाख रुपैयाँ नगद प्रदान लागिएको हो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment