समाचार

बजार अनुगमनमा बरामद सामान नगरपालिकाद्वारा नस्ट

खगेन्द्र कार्की ,
फत्तेपुर । सप्तरीको सप्तकोसी नगरपालिका नगर बजार अनुगमन समितिले बजार अनुगमनको क्रममा बरामद गरेको विभिन्न सामानहरु बिहिवार नस्ट गरेको छ ।
सप्तकोसी नगरपालिकाको बजार अनुगमन समितिको संयोजक नगर उप प्रमुख रिताकुमारि चौधरीको संयोजकत्वमा सप्तकोसी उद्योग बाणिज्य संघ, इलाका प्रशासन कार्यालय कञ्चनपुर, प्रहरी चौकि फत्तेपुर, शशस्त्र प्रहरी बेस क्याम्प फत्तेपुर र जनप्रतिनिधिहरुको संयुक्त अनुगमन टोलिले सप्तकोसी नगरपालिकाको वडा नम्बर १ र २ मा २०७९ चैत्र २६ र २७ गते गरेको बजार अनुगमनको क्रममा जफत गरिएका अखाद्य ,म्याद गुज्रिएको सामाग्री तथा अन्य सामाग्री जङ्गलमा खाल्डो खनि पुरि नस्ट गरिएको नगर उप प्रमुख चौधरीले बताइन्।
बजार अनुगमनको क्रममा विभिन्न औषधी पसलबाट म्याद गुज्रिएको तिन कार्टुन औषधी संगिनि सुइ एक थान,किटनासक औषधी हर्बिसाइड २५० एम एल ११५ पिस, १०० एम एल ४५३ पिस, २०० एम एलको ४९३ पिस, ५०० एम एलको ९३ पिस, रेडबुल ६ कार्टुन, २४ पिस ३ कार्टुन म्याद गुज्रिएको औषधी बरामद गरेको थियो ।

बरामद गरेको सामान उप प्रमुख चौधरी, इलाका प्रशासन कार्यलय कंचनपुरका प्रतिनिधि रामकुमार चौधरी, शशस्त्र प्रहरीका किशोर डागि, प्रहरी चौकी फत्तेपुरका प्रतिनिधि रामजि कार्की, जनप्रतिनिधि लगायतको रोहबरमा खाल्डो खनेर पुरि नस्ट गरिएको छ ।

बजार अनुगमको क्रममा फेला परेका अखाद्य सामाग्री, म्याद गुज्रिएका सामाग्री, औषधी लगायतका सामाग्री बरामद गरी नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।
नगरपालिकाले बजारमा हुने गरेको अखाद्य सामाग्री म्याद गुज्रिएको औषधी लगायतका सामाग्री बिक्रीवितरण अन्त्य गर्ने उद्देश्यले चलाएको अभियान अन्तर्गत उक्त परिणामको सामाग्री बरामद गरी नष्ट गरिएको सप्तकोसी नगरपालिकाकी उपप्रमुख रिताकुमारि चौधरीले बताएकी छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page