मधेस प्रदेश समाचार

सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु

कञ्चनरुप, १२ जेठ । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शुक्रबार दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
दुर्घटनामा छिन्नमस्ता ३ का १८ वर्षीय श्यामकुमार यादव र ३० वर्षीय विकास कुमार खंगको मृत्यु भएको छ ।
छिन्नमस्ता गाउँपालिका ३ स्थितमा राजविराजबाट छिन्नमस्तातर्फ जाँदै गरेको प्र २–०१–००२–प २५६० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो । मोटरसाइकलमा तीन जना सवार थिए ।
घाइते अजय कुमार खंगको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page