राष्ट्रिय समाचार

गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका छन्।
जेठ १२ र १४ गते बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिस अनुसार राष्ट्रपति पौडेलले १९ जनाको कैद सजाय मिनाह गरेका हुन्।
राष्ट्रपति कार्यालयले आज आइतबार जारी गरेको वक्तव्यमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०-०२-१२ र २०८०-०२-१४ का बैठकका सिफारिस अनुसार टोप बहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ।’
मन्त्रिपरिषदले सिफारिस गरेबमोजिम सबैलाई आममाफी दिइएको छ। रेशम चौधरीको नाम पनि त्यही सूचीमा छ।

त्यस्तै राष्ट्रपति पौडेलले ४८२ जना कैदीको बाँकी कैद सजाय माफी मिनाह गरेका छन्।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले गणतन्त्र दिवस २०८० को अवसरमा ७ जना जेष्ठ नागरिक र अन्य ४७५ गरी कूल ४८२ जना कैदीको बाँकी कैद सजाय मिनाह गरेका हुन्।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page