खेलकुद समाचार

विश्वकप छनोट खेल्न १६ सदसीय नेपाली क्रिकेट टिमको घोषणा

काठमाडौं । जिम्बाब्वेमा हुने आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार १६ सदसीय टिमको घोषणा गरेको छ ।
क्यानले टिममा दुई खेलाडीलाई थपेको छ । थप हुनेमा विकेटकिपर अर्जुन साउद र किशोर महतो छन् ।
नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भिम सार्की, प्रतिश जिसी, ललितनारायण राजवंशी, अर्जुन साउद, किशोर महतो रहेका छन् ।
असार ३ गतेबाट हुने प्रातियोगितामा नेपालसँगै श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, आयरल्यान्ड, नेदरल्यान्ड्स, ओमान, स्कटल्याण्ड, युनाइटेड अरब इमिरेट्स (यूएई), अमेरिका गरी १० राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।
श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, आयरल्यान्ड र नेदरल्यान्ड्स विश्वकप सुपर लिगमा पुछारको पुछार रहेका पाँच टिम हुन् । ओमान, स्कटल्यान्ड र नेपाल आईसीसी क्रीकेट विश्वकप लिग–२ को शीर्ष तीनमा रहन सफल टिम हुन् । यूएई र अमेरिका भने आईसीसी विश्वकप क्वालिफायर प्लेअफको शीर्ष दुई टिम हुन् ।
जिम्बाब्वेमा हुने प्रतियोगिताबाट शीर्ष दुई टिमले भारतमा हुने विश्वकपमा स्थान बनाउने छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page