मधेस प्रदेश समाचार समाज

राजविराजमा ५० वर्षीय पुरुषको शव आफ्नै सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला

राजविराज, १५ जेठ । सप्तरीमा एक जना पुरुषको शव झुन्डिएको अवस्थामा फेला परेको छ। राजविराज नगरपालिका ७ बस्ने ५० वर्षीय किशोर गुप्ताको शव आफ्नै सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
गए राति गुप्ताको शव बासको बलोमा सारीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले बताए । घटनाबारे स्थानीयले नजिकै रहेको वडा प्रहरी कार्यालयलाई जानकारी गराउन साथ घटनास्थलमा प्रहरी पुगेको थियो ।
स्थानीय प्रत्यक्षदर्शीले शव शंकास्पद रहेको र रहेकाले सुक्ष्म अनुसन्धान हुनुपर्ने बताएका छ्न्।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षकको कमान्ड गएको टोलीले मुचुल्का उठाई शवलाई पोस्टमार्टमका लागी गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page