मधेस प्रदेश समाचार

सप्तरीमा मोटरसाइकलको ठक्करबाट घाईते एक महिलाको उपचारको क्रममा मृत्यु

कञ्चनरुप, १५ जेठ । सप्तरीमा मोटरसाइकलको ठक्करबाट घाईते एक जना महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
सोमबार शम्भुनाथ नगरपालिका १२ स्थित हुलाकी सडकखण्ड अन्तर्गत अर्नाहा चौकमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको स १० प ४३०४ नम्बरको मोटरसाइकलको ठक्करबाट लालबाबु मण्डलको ३५ वर्षीया श्रीमती वविता देवी मण्डलको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भिर घाईते भएकी वविताको राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचारको लागि लगिएको थियो ।
त्यहाँ उपचार हुन नसक्दा थप उपचारको लागि बिराटनगर न्युरो अस्पताल लगिएको थियो । उपचारको क्रममा आज बिहान उनको मुत्य भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मोटरसाइकल चालक सप्तरीकको बोदेबर्साईन नगरपालिका ५ भाटिन टोल बस्ने मो. अख्तर फरार रहेको तथा उनको खोजी कार्य तिव्र रुपमा भईरहेको प्रहरीले जानाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page