मधेस प्रदेश समाचार समाज

सप्तरीमा विष सेवनबाट १७ वर्षिया शिव कुमारीको मृत्यु

कञ्चनरुप । सप्तरीमा विष सेवनबाट सोमबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलाठी कोइलाडी गाउँपालिका ७ मन्सापुरकी १७ वर्षिया शिव कुमारी मण्डल रहेकी छन् ।
शिव कुमारीले घरायसी विवादका कारण मुसा मार्ने विषादी सेवन गरेकी थिईन् । विषादी सेवनबाट अचेत भएकी उनलाई उपचारका लागी गजेन्द्र नारायण सिंह अस्पताल राजविराज लगिएको थियो । उनको उपचार कै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page