मधेस प्रदेश समाचार

सप्तरी कारागारका ७ जना कैदीको कैद मिनाहा

सप्तरी । गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सप्तरी कारागारका ७ जना कैदीको कैद मिनाहा गरिएको छ ।
कैद मिनाहा हुनेमा २ जना बहुविवाह मुद्दाका, दुई जना सबारी ज्यान मुद्दाका, एक जना ज्यान मार्ने उद्योग, एक जना डाँका र एक जना कुटपिट तथा अंगभंग मुद्दामा कैद भुक्तान गर्नेहरु रहेका छन् ।
बहुविवाह मुद्दामा कैद भुक्तान गरिरहेका सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ का मो. समीम र रुपनी गाउँपालिका ४ का रोशन यादव, सबारी ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका खडक नगरपालिका ४ का मो. रुस्तम र शम्भुनाथ नगरपालिका ८ का संजय कुमार ठाकुर रिहा भएका छन् ।
त्यस्तै डाँका मुद्दाका खडक नगरपालिका ९ का एयुब मियाँ, ज्यान मार्ने उद्योग मुद्दाका सिरहाको कर्जन्हा नगरपालिकाका आफ्ले भन्ने पूर्णबहादुर राई र कुटपिट तथा अंगभंग मुद्दामा कैद भुक्तान गरिरहेकी महादेवा गाउँपालिका १ की सरातुन खातुनको कैद मिनाहा गरिएको सप्तरी कारागार प्रशासनले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page