मधेस प्रदेश समाचार समाज

पोखरीमा डुबेर सप्तरीमा ११ वर्षिय एक बालकको मृत्यु

कञ्चनरुप, १७ जेठ । पोखरीमा डुबेर सप्तरीमा ११ वर्षिय एक बालकको मृत्यु भएको छ ।
खेल्ने क्रममा लडेर पोखरीमा डुब्दा तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ४ मा धर्मेन्द्र पासवानका ११ वर्षिय छोरा सुवास पासवानको बुधबार मृत्यु भएको हो।
वडा नम्बर ४ चटि टोलस्थित रहेको सार्वजानिक पोखरी छेउमा खेल्ने क्रममा लडेर पोखरीमा डुबेपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको तथा घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page