मधेस प्रदेश समाचार समाज

सप्तरीमा झुन्डिएको अवस्थामा एक युवकको शव फेला

कञ्चनरुप, १७ जेठ । सप्तरीमा झुन्डिएको अवस्थामा एक युवकको शव फेला परेको छ । जिल्लाको अग्नीसाईर कृष्णासवरण गाउँपालिका ३ मटिगढामा झुन्डिएको अवस्थामा युवकको शव फेला परेको हो ।
स्थानीय डम्बर चौधरीको १८ वर्षीय छोरा ललित कुमार चौधरी झुन्डिएको अवस्थामा मृत फेला परेको सप्तरी प्रहरीले जानाएको छ । उनी आफ्नै घरको बासको बलोमा झुलले बेरेको डोरीको पासो लगाई झुन्डिएका थिए ।
स्थानीयले युवकको शव झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा उनको मृत्यु भइसकेको जनाइएको छ ।
युवकको शव परीक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानाएको छ ।
योसंगै सप्तरीमा चालु आर्थिक वर्षमा आत्महत्या गर्नेको संख्या ९६ पुगेको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page