कञ्चनरुप, १८ जेष्ठ । पछिल्लो चार दिन यता सप्तरीमा अत्याधिक गर्मी बढे पछि स्थानीय तहले विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
सप्तरीको राजविराज नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्था पाँच दिन विदा दिने निणर्य गरेको हो ।
शिक्षा शाखाले बिहीवार एक सूचना जारी गर्दै केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै शुक्रबारदेखि जेठ २३ गते मंगलबारका दिनसम्म विदा दिएको जनाएको छ ।
नगर क्षेत्रभित्र सञ्चालित सबै सार्वजनिक तथा संस्थागत विद्यालयहरु विदा दिइएको राजविराज नगरपालिकाले जनाएको छ ।
सप्तरीमा दिउँसो चर्को घाम लाग्ने, अत्याधिक गर्मी हुने गरेको छ । यस क्षेत्रमा तापक्रम बढेर अधिकतम ३७ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ।
अत्यधिक गर्मी बढेपछि विद्यालयहरु ५ दिन बन्द गर्ने राजविराज नगरपालिकाको निर्णय










Add Comment