अन्तराष्ट्रिय समाचार

नेपाल-भारतबीच ७ वटा परियोजनाहरूको सम्झौतामा हस्ताक्षर (सूचीसहित)

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गरेका छन् ।
दुई देशको ट्रान्जिट सम्झौतालगायतका कनेक्टिभिटीका ७ वटा सम्झौतामा हस्ताक्षर भएको छ ।
हैदरावाद हाउसमा भएको द्विपक्षीय भेटवार्तापछि सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटनसमेत गरिएको छ ।

सम्झौता गरिएका परियोजनाहरूको सूची

१. नेपाल भारत पारवहन सम्झौता नवीकरण
२. सीमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापासम्म पुर्‍याउने ।
३. परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषामा स्वराज इन्सटिच्यूटबीच सहकार्य गर्ने ।
४. चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने
५. तल्लो अरुणको पिडिए गर्ने
६. फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने
७. डिजिटल पेमेन्ट सम्झौता
शिलान्याय, उद्घाटनको सूची यसप्रकार छन्
सुनौली भैरहवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास
नेपालगञ्ज रूपैडिया इन्टिग्रेटेड चेकपोस्टको उद्घाटन
बथनाहा बिराटनगर कार्गो रेलको उद्घाटन
अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाईनको शिलान्यास
गोरखपुर न्यू बुटवल ४०० केभी डबल सर्किट ट्रान्समिसन लाईन निर्माणको शिलान्यास

   

You cannot copy content of this page