खेलकुद

सप्तरी प्रिमियर लिग(एसपीएल) क्रिकेट प्रतियोगिता भोलीदेखि सुरु

कञ्चनरुप, २ अषाढ। सप्तरी प्रिमियर लिग मेयर कप टि -२० (एसपीएल) क्रिकेट प्रतियोगिता भोलिदेखि राजविराजमा सुरु हुने भएको छ । पाँचौ संस्करण अन्तर्गत राजविराज नगरपालिकाको सहयोगमा सप्तरी क्रिकेट सङ्घले एसपीएल गर्न लागेको हो ।
पब्लिक माध्यमिक विद्यालय राजबिराजको खेलमैदानमा आयोजना हुन लागेको एसपीएलमा ६ वटा टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठका अनुसार प्रतियोगिताका लागि ‘अक्सन’का माध्यमबाट ८५ जनालाई विभिन्न टिमले खरिद गरेका छन् । प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीको सहभागी रहने भएकाले अघिल्ला संस्करणहरु भन्दा धेरै रोचक हुने सप्तरी क्रिकेट सँघले जनाएको छ।
विजेतालाई ३ लाख नगद र मेडल उपलब्ध गराइने छ भने उप–विजेतालाई १ लाख ५० हजार रुपैयाँ र मेडल प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page