खेलकुद

सप्तरी प्रिमियर लिगको छैठौं दिन : रुपनी राइडर्स र बलान बिहुल सुपर किंग्स विजयी

राजविराज । सप्तरीको राजविराजमा जारि सप्तरी प्रिमियर लिगको पाँचौ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई वटा खेलमा रुपनी राइडर्स र बलान बिहुल सुपर किंग्स विजयी भएका छन्।
पहिलो खेलमा छिन्नमस्ता लायन्सले दिएको १७७ रनको लक्ष्य रुपनी राइडर्सले १९.२ ओभरमा ५ विकेटको क्षतीमा भेटायो । रुपनीको ब्याटिंगमा प्लेयर अफ द म्याच घोषित रोहन बिकले ८२ रन बनाए । उनले ५२ बलमा ८ चौका र ४ छक्का प्रहार गरे।
यस्तै अरनिको यादवले २७, मुकुन्द यादवले २५ तथा विकास दासले २३ रन बनाए। रोहन र विकासले ९२ रनको ओपनिंग साझेदारी गर्दै जितको आधार तयार गरे।

यस अघि टस हारेर ब्याटिंग गरेको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा १७६ रन बनाएको थियो । छिन्नमस्ता लायन्सका लागि ओपनर शुभ कंसाकारले प्रतियोगिताकै पहिलो शतक बनाउने क्रममा ११८ रनको योगदान दिएका थिए ।
कंसाकारले ५७ बलमा ८ चौका र ९ छक्का प्रहार गर्दै खेलकै सर्वाधिक ११८ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन्। रुपनीका बलर मुकुन्द यादवले ३ तथा जितेन्द्र मुखियाले २ विकेट लिए।
चौंथो खेलमा तेश्रो जित पछि रुपनी राइडर्स अंकतालिकाको दोश्रो स्थानमा उक्लेको छ। समान अंक भएता पनि बजाज खडक वारियर्स नेट रन रेटका आधारमा पहिलो स्थानमा छ। हार पछि छिन्नमस्ता ४ खेलमा ४ अंकका साथ तेश्रो स्थानमा छ ।

त्यस्तै दोश्रो खेलमा बलान बिहुल सुपर किंग्स विजयी भएको छ। बलान बिहुल सुपर किंग्सले राजविराज द किंगलाई ८ विकेटले पराजित गरेको हो ।
राजविराजले दिएको १२५ रनको लक्ष्यलाई बलान बिहुलले १०.३ ओभरमा २ विकेट मात्र गुमाएर भेटाएको छ।
बलान बिहुलको ब्याटिंगमा प्लेयर अफ द म्याच घोषित हसिम अन्सारीले सर्वाधिक ५२ रन बनाए। अन्सारीले अविजित रहँदै ३१ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। कप्तान पवन सर्राफले ३२, सोनु अन्सारीले २५ तथा रुपेश सिंहले १५ रन बनाए। हसिमले सोनुसँग ५५ रनको ओपनिंग साझेदारी गरे। दोश्रो विकेटको लागि पवनसँग हसिमले ४२ रन जोड्दै जितको आधार तयार गरे।
यस अघि टस हारेर ब्याटिंग गरेको राजविराज द किंगले १९.५ ओभरमा १२४ रन बनायो। उसको लागि अभिषेक कार्कीले सर्वाधिक ३७ रन बनाए भने प्रतिक श्रेष्ठले २२, तृतराज दासले १६ रन बनाए। बलान बिहुलका बलर रुपेश सिंहले ३ तथा विकास दास, रोबिन सिंह र बिष्णु मण्डलले समान २/२ विकेट लिए ।
शुक्रबारसम्म ११औं खेल सकिदा लिग अंकतालिकाको पहिलो स्थानमा लगातार तीन जित हासिल गरेको बजाज खडक वारियर्स कायम रहेको छ। समान अंक भएता पनि चौंथो खेलमा तेश्रो जित पछि रुपनी राइडर्स दोश्रो स्थानमा उक्लेको छ।
यस्तै चौंथो खेलमा दोश्रो जितपछि ४ अंकसहित बलान बिहुल तेश्रो स्थानमा उक्लेको छ। छिन्नमस्ता लायन्स ४ खेलमा ४ अंकका साथ चौथो स्थानमा छ। लगातार चौंथो हार बेहोरेको राजविराज द किंग अंकविहिन रहँदै पुछारमा छ । लिगको अन्तमा शिर्ष–२ मा रहने टोली फाइनलमा भिंडने छन्।
प्रतियोगिता अन्तर्गत शनिबार राजविराज द किंग र कञ्चनरूप राइनोज तथा रुपनी राइडर्स र बजाज खडक वारियर्सबीच प्रतिस्पर्धा हुनेछ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page