राष्ट्रिय समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब १ जना यात्रुको बिदाइ तथा स्वागतका लागि ३ जना मात्रै जान पाइने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एक जना यात्रुको बिदाइ तथा स्वागतका लागि ३ जना मात्रै जान पाइने भएको छ ।
आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवन बाहिर भीड बढेपछि विमानस्थल सुरक्षा समितिले एक जनाका लागि ३ जना मात्रै जान पाउने निर्णय गरेको हो ।
ठाउँको सीमितता र भीडले गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेकोले यस्तो निर्णय गरिएको विमानस्थल कार्यालयलले जनाएको छ ।
भीड बढेकोले यात्रुलाई सेवा दिन प्रतिकुल असर परेको र प्यासेन्ज ड्रप एरियामा दुर्घटनाको जोखिम बढेको सुरक्षा समितिले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page