मधेस प्रदेश समाचार समाज

सप्तरीको सप्तकोसीमा विष सेवनबाट २० वर्षीय बालकको मृत्यु

कञ्चनरूप । सप्तरीको सप्तकोसीमा विष सेवनबाट एक २० वर्षीय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको सप्तकोशी नगरपालिका २ सिद्धपुरका लताइ सदाको २० वर्षीय छोरा सुरेश सदा रहेका छन ।
प्रहरीका अनुसार अल्मोनियम अक्सोसाईड नामक विषादी सेवन गरेका सुरेशलाई सोमबार उपचारका लागि विराटनगर लैजाँदै गर्दा इनरुवामा मृत्यु भएको हो ।
राजबिराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शव परिक्षण पछि परिवारको जिम्मा लगाएको तथा घटना बारे थप अनुसन्धान भईरहेको फत्तेपुर प्रहरी चौकीले जनाएको छ ।
सदा गोवर्धन बैरागी जनता माध्यमिक विद्यालय फत्तेपुरमा कक्षा १२ मा अध्यनरत थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page