समाचार

प्रचण्ड नेतृत्वको सरकारले कानूनलाई लत्याउँदै अगाडि बढेकाले जनताले दुख पाए : पूर्व मन्त्री लेखी

कञ्चनरुप, १३ असार । मधेश प्रदेशका पूर्व कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्री एवं सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य राज कुमार लेखीले प्रचण्डको नेतृत्वमा रहेको सरकारले कानूनलाई लत्याउँदै अगाडि बढेकाले गर्दा अहिले जनताले दुख पाइरहेको बताउनु भयो ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर–१२, रुपनगर (बस्तिपुर) मा बुधबार नेवा गुठी भवनमा निर्माण भएको ट्रस्टको उदघाटन गर्दै लेखीले सो कुरा बताउनु भएको हो ।

पूर्व मन्त्री लेखीले मधेश प्रदेश सरकार समावेशी नभएको आरोप लगाउँदै मधेश प्रदेश सरकार संविधान विरोधी रहेको समेत बताउनु भयो । यो प्रदेशमा १७ प्रतिशत आदिवासी, जनजातिहरुको र १३ प्रतिशत मुस्लिमको बसोबास रहेको बारेमा पाँच पटक पाँच वर्षमा एकपटक पनि प्रस्तुत निति तथा कार्यक्रममा लेखिएको छैन् । यस्ता निति कार्यक्रम आउछ भने समावेसीको खिल्ली उडाउने खालको निति कार्यक्रम हुन्छ त्यसकारण यसलाई पनि समावेश गर्न माग गर्नुभयो ।
तीनै तहको सरकारले जनताको चाहना अनुसार काम नगरेकोले देशको अवस्था दयनिय भएर गएको लेखीले बताउनु भयो । तीनै तहको सरकारले संविधानलाई लत्याएर काम गरिरहेको हुँदा त्यसमा हामीले सबरादी गर्ने कि नगर्ने भनेर पूर्व मन्त्री लेखीले प्रश्न समेत गर्नुभयो । उहाँले तीनै तहका सरकारले संविधानलाई लत्याएर काम गरेमा आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो ।

सबैले थाहा पाउने गरी पारदर्शी ढंगले विकास निर्माण कार्यलाई तीनै पालिकाका ३२ वटै वडालाई जानकारी दिएर विकास निमार्ण कार्यलाई अगाडी बढाउने बताउनु भयो । मधेश प्रदेशको शिक्षा क्षेत्र निकै नै दयनिय अवस्थामा रहेकाले शिक्षा क्षेत्रको विकासका लागि आफू डटेर लाग्ने बताउनु भयो । आफ्नो निर्वाचन क्षेत्रका जनताको आवश्यकता र समस्याको पहिचान गरी संसदमा आफूले कुरा उठाएको बताउँदै पूर्व मन्त्री लेखीले यस क्षेत्रको समस्याको रुपमा रहेको कोशी टप्पु वन्यजन्तुको आक्रमण, धनजनको क्षतिलाई न्यूनिकरण गर्न प्रदेश सरकारको निति तथा कार्यक्रममा योजना समावेश गराएको समेत जानकारी गराउनु भयो ।

कृषि अनुदानको नाममा सरकारले आफ्ना नातागोता र कार्यकर्तालाई पोस्ने बाहेक केही राम्रो काम नगरएको बताउँदै लेखीले जनताको आयास्तर उकास्ने र रोजगारी सिर्जना हुने कार्यमा लगानी गर्न आग्रह गर्नुभयो । लेखीले कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्र आसपासलाई माछा पकेट क्षेत्रको रुपमा विकास गर्न आफूले पहल सुरु गरेको बताउनु भयो ।
नेकपा एमालेका पोलिटव्यूरो सदस्य सुमनराज प्याकुरेलले यस क्षेत्र एमालेको उर्वर क्षेत्र रहेकोले यस क्षेत्रको विकासका लागि आफू कटिबद्ध भएर लाग्ने बताउनु भयो । उहाँले संसारमै भारतवर्ष भन्ने थिएन्, जतिखेर नेपाल थियो त्यतिखेर भारतको नामै थिएन, अब हामी सचेत हुने कि नहुने ? ग्रेटर नेपालको नक्साको बारेमा किन कुरा नउठाउँने भनेर सबैलाई गर्नुभयो । हाम्रो सन्ततीको बारेमा ग्रेटर नेपालको बारेमा बुभल्न र थाहा पाउन जरुरी रहेको प्याकुरेलले बताउनु भयो । जनताबीच एकता राम्रो भए मात्र देशको एकता मजबुत हुने समेत उहाँले बताउनु भयो ।

नेवा गुठी समाजका अध्यक्ष जीत बहादुर श्रेष्ठले ट्रसको निर्माण गर्न सहयोग गर्नुभएकोमा मधेश प्रदेशका पूर्व मन्त्री लेखीलाई धन्यवाद दिनुभयो ।
आर्धिक वर्ष २०७९/०८० को पूर्व मन्त्री लेखीको संसदिय कोषबो रु १० लाखको सहयोगमा गुठी भवनमा ट्रसको निर्माण कार्य सम्पन्न भएको पेशल जोशीले जानकारी दिनुभयो ।
नेकपा एमालेका नगर कमिटि अध्यक्ष एवं वडा नम्बर ६ का वडा अध्यक्ष बच्चुलाल चौधरी, वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्री, सप्तकोशी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष जाहिर हुसेन, समाजसेवी शिवनारायण श्रेष्ठ लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
स्वागत मन्तव्य मोहन श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन मित्रनारायण श्रेष्ठले गर्नभएको थियो । ट्रस निमार्ण समितिका अध्यक्ष ज्ञान बहादुर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page