मंगलबार, १८ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर मंगलबार, १८ कात्तिक २०८३
समाज

सप्तरीमा चट्याङ लागेर ७० वर्षीय पुरुषको मृत्यु

कञ्चनरुप, २१ असार । सप्तरीमा चट्याङ लागेर ७० वर्षीय पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको विष्णुपुर गाउँपालिका ७ का ७० वर्षीय राम प्रसाद राम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार साँझ ५ बजे खेतमा काम गरिरहेको अवस्थामा रामलाई चट्याङ लागि घाईते भएका थिए । तत्काल उपचारको लागि छिन्नमस्ता अस्पताल राजबिराजमा ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
रामको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page