मधेस प्रदेश

सप्तरीमा मोटर चलाउने क्रममा करेन्ट लागेर एक मजदुरको मृत्यु

कञ्चनरुप । सप्तरीमा मोटर चलाउने क्रममा करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ ।
शुक्रबार साँझ जिल्लाको छिन्नमस्ता गाउँपालिका ५ स्थित मुसहरी टोलमा बाटोको ढलान कार्यमा संलग्न मजदुरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा २७ वर्षीय मजदुर रामेश्वर मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page