मधेस प्रदेश समाचार समाज

सप्तरीको रुपनीमा ट्रकको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

कञ्चनरुप, २६ असार । सप्तरीको रुपनी गाउँपालिका १ स्थित रुपनी बजारमा आज (मंगलबार) ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय मो. आजिम जानको १२ वर्षीय छोरा मो. अर्मान्द मियाँ रहेको सप्तरी प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ क १०८४ नम्बरको ट्र्कले मंगलबार बिहान आधारभूत विद्यालय खोक्सर प्रवाहमा अध्यनरत मियाँलाई विद्यालय जाने क्रममा ठक्कर दिएको थियो ।
ट्र्कको ठक्करबाट गम्भीर घाईते बालकलाई स्थानीयबासीको सहयोगमा प्रहरीले उद्वार गरि उपचारका लागि अस्पताल पठाएको थियो । घाईते बालकको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धारानमा उपचारको क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिनुभयो ।
ठक्कर दिने ट्र्क र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारवाही अगाडि बढाएको तथा घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
दुर्घटना पछि स्थानीयले आधाघण्टा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page