समाचार समाज

सप्तरीको हनुमाननगरमा बुबाको हत्या गरेको कसुरमा छोरालाई तीन वर्ष कैद सजाय

राजविराज । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ विष्णुपुरका ६५ वर्षीय जगदिश रामको हत्या गरेको कसुरमा ३५ वर्षीय छोरा देवकुमार रामलाई तीन वर्ष कैद सजाय भएको
मंगलबार सप्तरी जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासबाट तीन वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र फौजदारी कसुर पीडित राहत कोषमा ६ सय रुपियाँ जम्मा गर्नुपर्ने फैसला भएको अदालतले जनाएको छ ।
आफ्नै घरमा बसिरहेका रामको ०७६ वैशाख २१ गते हत्या भएको थियो । घरायसी विवाद गरेका माइला छोरा देवकुमार घटनापछि फरार रहेकोमा पछिल्लो समय गाउँघरमा नै लुकीछिपी बस्ने गरेको सूचनाका आधारमा ०७९ फागुन १ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मृतककी जेठी बुहारी ३० वर्षीया सुनीतादेवी रामले जिल्ला प्रहरी कार्यालयमा ०७६ वैशाख २२ गते उजुरी दिएको थिइन् ।
जिल्ला प्रहरी कार्यालयले ०७६ वैशाख २२ गते उजुरी दर्ता गरेको थियो । शवको पोष्टमार्टम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा वैशाख २२ गते भएको थियो ।

You cannot copy content of this page