बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
खेलकुद

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले गरे सन्न्यासको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् ।
सन् २००६ देखि नेपाली क्रिकेट टिमबाट खेल्दै आएका मल्लले ३७ ओडीआईमा ७ अर्धशतकसहित ८७६ रन बनाएका छन् । उनको अन्तिम खेल भने ४ जुलाई २०२३ मा आयरल्यान्डविरुद्धको भएको छ ।
मल्ल ओडीआईमा अर्धशतक प्रहार गर्ने पहिलो ब्याटर पनि हुन् । टी २० इन्टरनेसनलमा मल्लले १ शतक र २ अर्धशतकसहित ८८३ रन बनाएका छन् ।
पारस खड्काले सन्यास लिएपछि मल्ल नेपाली राष्ट्रिय टिमको कप्तान बनेका थिए । सन् २०१९ देखि सन् २०२१ सम्म कप्तानी सम्हालेका थिए ।
मल्लले आजैदेखि लागू हुने गरी सन्न्यासको घोषणा गरेका हुन् ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page