अन्तराष्ट्रिय खेलकुद

रोहित शर्माको कप्तानीमा एशिया कप खेल्ने भारतीय टिमको घोषणा

काठमाडौं। एसिया कप क्रिकेटका लागि भारतले १७ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ ।
रोहित शर्माको कप्तानीमा भारतले १७ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको हो ।
टोलीमा विराट कोहली, श्रेयस अय्यर, जसप्रित बुमराह, रविन्द्र जडेजा, केएल राहुल र हार्दिक पान्ड्यालगायत खेलाडी छन्।
यस्तै सुबमन जिल, कुलदीप यादव, मोहम्मद सिराज, इसान किसन, सार्दुल ठाकुर, अक्सर पटेल, सूर्यकुमार यादव, तिलक बर्मा र प्रसिद कृष्ण रहेका छन् ।
भारतले पहिलो चरणमा नेपाल र पाकिस्तानसँग खेल्दै छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page