अन्तराष्ट्रिय खेलकुद

वान डे विश्वकप खेल्नका लागि रोहित शर्माको कप्तानीमा भारतीय टोलीको घोषणा

काठमाण्डौं । घरेलु मैदानमा हुने आइसीसी एक दिवसीय विश्वकपका लागि भारतीय टोलीको घोषणा भएको छ ।
मंगलबार भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले रोहित शर्माको कप्तानीमा १५ सदस्यीय विश्वकप टोलीको घोषणा गरेको हो ।
टोलीमा पूर्व कप्तान विराट कोहली रविन्द्र जडेजा, केएल राहुल, जसप्रित ब्रुम्राह, हार्दिक पाण्ड्या लगायत दिग्गज खेलाडी रहेका छन् ।
आइसीसी एकदिवसीय विश्वकप आगामी अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदै छ । घरेलु टोली भारतले आफ्नो पहिलो खेल अक्टोबर ८ मा अष्ट्रेलियासँग चेन्नाईमा खेल्ने छ ।
विश्वकपका लागि भारतीय टोली :
रोहित शर्मा (कप्तान) विराट कोहली, शुभमन गिल, श्रेयस अय्यर, ईशान किशन, केएल राहुल, हार्दिक पान्ड्या, सूर्यकुमार यादव, रवीन्द्र जडेजा, जसप्रित बुमराह, अक्षर पटेल, शार्दुल ठाकुर, मोहम्मद सामी, कुलदीप यादव र मोहम्मद शिराज रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page