काठमाडौँ । नेपाल प्रहरीले सामाजिक सञ्जालमा जथावाभी नलेख्न र प्रकाशन नगर्न आग्रह गरेको छ ।
प्रहरीको साइबर ब्युरोले बुधबार एक सूचना जारी गर्दै सामाजिक सद्भाव भड्काउने, राष्ट्रिय अखण्डतामा खलल पार्ने, शान्ति सुरक्षा भंग गर्नेजस्ता विषय सामाजिक सञ्जालमा प्रकाशन प्रसारण गरे कानुन अनुसार कारबाही गरिने चेतावनी दिएको छ ।
सूचनामा भनिएको छ– विभिन्न सामाजिक सञ्जाल तथा अनलाइन माध्यमको दुरुपयोग गरी जातीय, धार्मिक र साम्प्रदायिक सद्भावमा खलल पुऱ्याउने र राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकतामा आँच पुग्ने तथ्यहिन विषय वस्तु एवं व्यक्तिको प्रतिष्ठा, आत्म सम्मानमा ठेस पुऱ्याउने र जातीय भेदभाव, छुवाछुत, श्रमप्रति अवहेलनाका साथै शान्ति–सुरक्षा भंग हुने कार्यलाई बढवा दिने सामाग्री प्रकाशन तथा प्रदर्शन नगर्न नगराउन हुन नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो सबैमा अनुरोध गर्दछ ।
साथै प्रचलित कानुनले रोक लगाएका सामाग्रीहरू प्रकाशन वा प्रदर्शन गरेको पाइएमा कानुन बमोजिम कारबाही भई जाने व्यहोरा समेत सबैमा जानकारीको लागि अनुरोध गरेको छ ।




















Add Comment